Section 30
धार्मिक वन फिर्ता लिन सकिने
(१) दफा २८ बमोजिम जिम्मा दिएको धार्मिक वनमा सम्बन्धित धार्मिक निकाय समूह वा समुदायले दफा २९ विपरीतको कार्य गरेमा वा धार्मिक वनमा गर्नु पर्ने कार्य सञ्चालन गर्न नसकेमा वा यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम पालना गर्नु पर्ने कुराहरु पालना नगरेमा डिभिजनल वन अधिकृतले त्यस्तो धार्मिक वन फिर्ता लिने निर्णय गर्न सक्नेछ।

तर धार्मिक वन फिर्ता लिने निर्णय गर्नुअघि सम्बन्धित धार्मिक निकाय समूह वा समुदायलाई आफ्नो सफाई पेश गर्ने मनासिब मौका दिइनेछ।

(२) उपदफा (१) बमोजिम डिभिजनल वन अधिकृतले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्ति धार्मिक निकाय समूह वा समुदायले सूचना पाएको मितिले पैंतीस दिनभित्र प्रदेश वन निर्देशक समक्ष उजुर गर्न सक्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त उजुरीको सम्बन्धमा प्रदेश वन निर्देशकले गरेको निर्णय अन्तिम हुनेछ।